तामाङ गुम्बामा ल्होछार समापन कार्यक्रम सम्पन्न

IMG-20230205-WA0130.jpg

कालेबुङ: आज यहाँको फुन्छोग साङ ङाग तागतेन लिङ तामाङ गुम्बा परिसरमा भव्यताको साथ ल्योछार समापन कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता गुम्बाका अध्यक्ष एमबी बम्जनले गरेका थिए। तामाङ सन्तानका विभिन्न विभागमा कार्यरत अधिकारीहरू कार्यक्रममा अतिथिको रुपमा उपस्थित थिए। कालेबुङ जिल्लाका विभिन्न थुमबाट कलाकारहरूले गीत नाच-गान प्रस्तुत गरेका थिए। कार्यक्रममा निमा स्याङदेनले तामाङको स्वाँगेभाइ सम्बन्धी वार्ता प्रस्तुत गरे। हरि योञ्जनले ल्होछार सम्बन्धी वार्ता प्रस्तुत गरेका थिए।

कार्यक्रममा सबै कलाकार र सहयोगी हातहरूलाई स्मृति चिन्ह प्रदान गरिएको थियो। कार्यक्रम प्रदीप पाख्रीन साथै पाल्देन तामाङले सञ्चालन गरेका थिए। उक्त कार्यक्रम सोनाम ल्होछार समापन समारोह आयोजक समितिको तत्वाधानमा आयोजित गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement