कालचिनीः भाजपा निर्वाचित अलिपुरद्वार विधायक सुमन काञ्जीलाल भाजपा छोडेर तृणमूलमा सामेल भए। सुमन काञ्जीलाल अभिषेक ब्यानर्जीको हात समातेर तृणमूलमा सामेल भए। कोलकताको कामकस्ट्रीट पार्टी कार्यालयमा यो सहभागिता कार्यक्रम आयोजना गरिएको थियो। अलिपुरद्वार जिल्ला तृणमूल कङ्ग्रेसका अध्यक्ष प्रकाशचीक बडाइक र भाजपाका पूर्व जिल्ला अध्यक्ष तथा जयगाउँ विकास प्राधिकरण (जेडीए) का अध्यक्ष गंगाप्रसाद शर्मा र अलिपुरद्वार नगरपालिका अध्यक्ष प्रसेनजीत कार पनि सामेल थिए।
यता भाजपा निर्वाचित अलिपुरद्वार विधायक सुमन काञ्जीलाल अचानक यसरी तृणमूलमा सामेल भएको बारेमा भाजपा खेमाबाट कुनै प्रकारको टिप्पणी आएको छैन।