खरसाङ: सर्वोच्च अदालतले वर्ष-२०१३ को रिट पिटिशन (सी) नम्बर-५९ को सम्बन्ध में एसोसिएशन अफ् ओल्ड सेट्लर्स अफ् सिक्किम एण्ड अादर्श वर्सेस द युनियन अफ् ईण्डियमाथि विगत १३ जनवरी – २०२३ को दिन फैसला दिने क्रममा सिक्किमको नेपाली समुदायलाई विदेशी मूलको नेपाली उल्लेख गरिएको थियो। यसलाई लिएर वर्तमान समय सिक्किम क्षेत्रको राजनैतिक माहौल तात्तिएको छ। तर सिक्किमलाई दार्जिलिङको भूभाग भन्नो नेतृत्वहरू किन चूप छन्? भनी खरसाङको सामी लाखाङ गुम्बाको बौध्द धर्मगुरु पेम्बा रिम्पोर्छेले प्रश्न गरेका छन्।
उनले यस कुराको उल्लेख गर्दै भने, “सर्वोच्च अदालतद्वारा उल्लेखित यस्तो बयानलाई राम्ररी हेर्दा सर्वोच्च अदालतको निर्णय सटीक लाग्दछ। यसको कारण सिक्किममा एक अलग्गै राष्ट्रीय गीत र झण्डा छ यहाँ बस्ने नेपाली मात्र होइन, तर यहाँको सम्पूर्ण भूमि नै विदेश हो। यसको अतिरिक्त तितलियाको भूमि पनि विदेश नै हो।
उनले भने,”ऐतिहासिक दस्तावेजको आधारमा दार्जिलिङ, सिक्किमको अभिन्न अंग हो। पश्चिम बंगाल सरकारको तर्फबाट यसको सन्दर्भमा वर्ष-१९८६ सालमा श्वेत-पत्र पनि जारी गर्ने कार्य गरिएको थियो। तर यो अचम्मको कुरा छ कि सर्वोच्च अदालतले यस प्रकारको निर्णयपछि सिक्किम अशान्त बनेको छ। उक्त क्षेत्रको विविध स्थानहरूमा प्रतिवाद जनाउने कार्य जारी छ। तर यसलाई लिएर सिक्किमलाई दार्जिलिङको भूभाग वा अभिन्न अंग भन्ने दार्जिलिङको नेतृत्वहरू किन चुप बसेको छ? कुनै याद भएको छैन। यस्तो समयमा उनीहरूले पनि अावाज उठाउनु पर्ने हो।”
दार्जिलिङ पहाड़ी क्षेत्रको कुरा गर्दै उनले अघि भने, “विगत वर्ष -२०२२ मा संपन्न गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए )सभा को चुनावमा तीस प्रतिशत मतदान मात्र भयो। सत्तर प्रतिशत मतदान सत्य वा साइलेन्समा बसेका थिए। यसबाट सरकारले बुझ्नु पर्ने। यसबाट थाहा हुन्छ कि सत्यको पक्षमा अझैं पनि धेरै जनताहरू छन् जसलाई नकार्न सकिन्दैन।”