तीनधारेको क्रिकेट टुर्नामेन्टमा मामु ईलेभेन र १७ माइल सजिलै क्वाटर फाइनलमा प्रवेस

IMG-20230205-WA0117.jpg

तीनधारे: तीनधारेमा भइरहेको क्रिकेट टुर्नामेन्ट अन्तर्गत आईतबार भएको खेलमा मामु ईलेभेन र १७ माइलले आफ्नो आफ्नो खेल जितेर क्वाटर फाइनलमा प्रवेस गरेको छ। आईतबार भएको पहिलो खेल जोगमाया र मामु इलेभेनमाझ सम्पन्न भएको थियो। उक्त खेलमा जोगमायाले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो। मामु ईलेभने उक्त लक्ष्यलाई १२औं ओभरमा नै मात्र तीन विकेट गुमाएर प्राप्त गरी म्याच ७ विकेटले जितेका थिए। मामु ईलेभेनको पक्षमा योगेस विश्वकर्मले ३२ अनि सञ्जय पोर्तेलले १९ रन बनाएका थिए। त्यसरी नै दोस्रो खेल अप्पर १७ माइल र चुनभट्टी जुनियरमाझ सम्पन्न भएको थियो। यस खेलमा चुनभट्टीले टस जितेर पहिला व्याटिङ गर्दै आफ्नो सबै विकेटहरू गुमाएर ५४ रन मात्र बनाउन सकेको थियो। १७ माइलको पक्षमा कप्तान नरसाङ लामाले २ ओभरमा केवल १ रन दिएर ५ विकेट लिएका थिए। उक्त लक्ष्यलाई अप्पर १७ माइलले सजिलै हाँसिल गर्दै ७ ओभरमा नै ८ विकेटले खेल जित्न सफल बनेको थियो। १७ माइलको पक्षमा कप्तान नरसाङ लामाले १९ बलमा नट आउट २६ रन बनाएका थिए। आईतबार सम्पन्न खेल टुर्नामेन्टको अन्तिम चरणको खेल थियो भने सोमबारदेखि क्वाटर फाइनल खेल शुरु हुने भएको आयोजक समितिको पक्षमा सञ्जय पोर्तेलले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement