वीर चिला रायको जन्म जयन्ती पालन

19-00-04-Capture9.png

सिलगढी: वीर चिला रायको ५१३औं जन्म जयन्ती पालन गरियो।यस अवसरमा कामता कल्चरल सोसाइटी एवम् बैकुण्ठपल्ली राजवंशी समाज कल्याण समितिको संयुक्त पहलमा रङ्गारङ्ग शोभायात्राको आयोजना गरियो। सालुगढाबाट शोभायात्रा निकालेर शहरका विभिन्न इलाकाको परिक्रमा गरियो। यस शोभायात्रामा धेरै संख्यामा राजवंशी समुदायका मानिसहरूले अंश ग्रहण गरेका थिए। यस अवसरमा शोभायात्रा लगायत विविध कार्यक्रमको आयोजना गरियो। स्मरण रहोस्, चिला राय कोच राजवंशका साहसी तथा पारदर्शी सेनापति थिए। तिनको असली नाम शुल्कध्वज हो। माघ पूर्णिमाको दिन तिनको जन्म भएको थियो। यसैले प्रत्येक वर्ष माघ पूर्णिमाको दिन वीर चिला रायको जन्म जयन्ती पालन गर्ने गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement