सिलगढी: आइतबार सिलगढीको मल्लागढीस्थित भाजपा कार्यालयमा पार्टीको कार्यकारिणी बैठक भयो। कार्यकारिणी बैठकमा बीजेपीका पश्चिम बंगाल पर्यवेक्षक मंगल पाण्डे र दार्जिलिङका सांसद राजु विष्ट, विधायक आनन्दमय बर्मनलगायत नेता तथा कार्यकर्ताहरू ठूलो संख्यामा उपस्थित थिए। बैठकमा बुथ अध्यक्षदेखि मण्डल अध्यक्षसम्मलाई संगठन मजबुत बनाउन आवश्यक निर्देशन दिइएको थियो।

अर्कोतर्फ दार्जिलिङका सांसद राजु विष्टले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै तृणमूलका गुण्डाहरूलाई चुनावको दिन घरमै बस्न भनिएको बताए। पश्चिम बंगालमा पञ्चायत चुनावमा भाजपाले ठूलो बहुमत ल्याउछ। दार्जिलिङका सांसद सिलगढीमा भएको कार्यकारिणी बैठकमा सहभागी हुन आएका थिए।