सोनादा: मार्टियल आर्ट एण्ड फिटनेस एकाडेमी सोनादा ब्राञ्चको अायोजनामा बेल्ट सेरोमनी कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा सोनादा पुलिस आउट पोष्टको ओसी मित्र देवान मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने स्कट मिशन स्कूलको प्रधान अध्यापक मेगन थापा, रसिक छेत्री विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए। यस कार्यक्रममा मार्टियल आर्ट एण्ड फिटनेस एकाडेमीका मुख्य संस्थापक एंव चेयरम्यान सेन्सी सन्दीप प्रधान पनि उपस्थित रहेका थिए। यस कार्यक्रममा सोनादा ब्राञ्चका जम्मा १८ जनाले परीक्षा बसेका थिए र सबै जम्मा १८ जना विद्यार्थीहरूले बेल्ट र प्रमाण पत्र प्राप्त गरेका छन्। सोनादामा सम्पन्न कार्यक्रम विषयमा मार्टियल आर्ट एण्ड फिटनेस एकाडेमीको चेयरम्यान सेन्सी सन्दीप प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै आज मार्टियल आर्ट एण्ड फिटनेस एकाडेमीको सोनादा ब्राञ्चमा बेल्ट सेरोमनि कार्यक्रम सम्पन्न भएको थियो र उक्त कार्यक्रममा जम्मा १८ जनाले परीक्षा दिएका थिए र सबैले राम्रो परिणाम ल्याएका छन् र यसमा कतिले कम अंक र कतिले धेरै अंक ल्याएका छन्। यसमा एकजनाले राम्रो अंक ल्याएर डबल प्रमोशन पनि पाएको जानकारी गराएका छन्। उनले मार्टियल आर्ट एण्ड फिटनेस एकाडेमीको अन्य ब्राञ्चहरूका जस्तै सोनादा ब्राञ्चबाट पनि राष्ट्रिय र अन्तरार्ष्ट्रिय स्तरमा नानीहरूलाई खेलाउन हाम्रो उद्देश्य रहने पनि बताएका छन्।