सिलगढी: वार्ड नं. ४१ अन्तर्गत शास्त्री नगरको ८, जिला परिषद रोड, काली मन्दिर नजिकै स्वाभिमान महिला परिषद सिलगढीले फरवरी ५ देखि १३ फरवरी २०२३ सम्म ९-दिवसीय श्री शिव महापुराण कथा वाचन आयोजना गऱ्यो। कथा समय दिउँसो २ बजीदेखि ६ बजीसम्म चल्नेछ। कार्यक्रममा हरिद्वारका डा बालकृष्ण आचार्यजी र पण्डित धुर्व गुरुको उपस्थितिमा उक्त शिव महापुराण कथाको वाचन शुरु गरिएको हो । आइतवार, फरवरी ५, २०२३ पहिलो दिन क्षेत्र मा रंगीन कलशयात्रासँग कार्यक्रमको उद्घाटन गरियाे। याे कलश यात्रा मन्दिर परिसर छाडेर तिरंगा मोडसम्म पुग्यो।