सांसदीय समितिको रिपोर्ट शीध्र लागु गर्ने मांग गर्दै जोइण्ट फोरमले लेख्यो पत्र

दार्जीलिङ: सांसदीय समितिले तयार गरेको रिपोर्टलाई अविलम्ब लागु गरिनु पर्ने मांग गर्दै जोइण्ट फोरमले टी बोर्डको मेम्बर एंव दार्जीलिङको लोकसभा सांसद राजु विष्टलाई चढाए पत्र। चिया उद्योको स्थितिमा सांसदीय समितिले खोजी तलाशी अभियान एंव चर्चा परिचर्चा गरेर एउटा रिपोर्ट तयार गरेका छन अनि उक्त रिपोर्टमा चिया उद्योगको ताजा स्थिति साथै चिया श्रमिक हरूले भोग्न परेको विषयहरूलाई लिएर एक रिपोर्ट तयार गरेका छन। सांसदीय समितिले तयार गरेको रिपोर्ट मा चिया बगानहरूमा कार्यरत चिया श्रमिकहरूको मिनिमम वेजेस, धर जमीनको पर्चा पटटा, स्वास्थ्य सम्बंधित आदि विषय उल्लेख गरिएको छ। सांसदीय समितिले तयार गरेको उक्त रिपोर्टलाई अविलम्ब कार्य रूपमा परिणत गरिनु पर्ने मांग गर्दै जोइण्ट फोरमले एक पत्र टी बोर्डको मेम्बर एंव दार्जीलिङको लोकसभा सांसद राजु विष्टलाई सोम्पिएको छ।पत्रको प्रतिलिपि राज्यकी मुख्यमंत्री ममता ब्यानर्जी, राज्यको श्रम मंत्री मलय घटक,राज्यको मंत्री चन्द्रिमा भटटाचार्य, जीटीए चीफ अनित थापा,राज्यसभा सांसद शान्त छेत्री, डिभिजनल कमिशनर,दार्जीलिङ विधायक नीरज जिम्बा, खरसाङ विधायक वी. पी. बज्रगाई, कालेबुङ विधायक रूदेन सादा लेप्चा, दार्जीलिङ जिल्लाधिकारी, कालेबुङ जिल्लाधिकारीलाई पठाएको छ। जोइण्ट फोरमले जानकारी गराए अनुसार जोइण्ट फोरममा नौवटा श्रमिक संगठनहरू रहेका छन अनि यी संगठनहरूको नेतृत्वहरूले पत्रमा हस्ताक्षर गरेका छन।जोइण्ट फोरमको प्रतिनिधि टोलीले सांसद, विधायकहरूसंग भेटेर पनि उक्त ज्ञापन पत्र सोम्पिएको जोइण्टले जनाएको छ। स्मरण रहोस चिया बगानहरूमा कार्यरत श्रमिकहरूले आफ्नो मिनिमम वेजेस अनुरूप तय गरियोस भन्ने धेरै अधिदेखि नै मांग गर्दै आई रहेको छ। मिनिमम वेजेसको विषयमाथि सरकारले विगतका दिनहरूमा कमिटि गठन गरेर धेरै बैठकहरू पनि गर्दै आई रहेका छन तर आजसम्म चिया श्रमिकहरूले मिनिमम वेजेस पाउँन सकेको छैन। त्यसरी नै युगौ युगौदेखि बसो बासो गर्दै आई रहेको चिया श्रमिकहरूको धर धडेरीको कुनै कागज पत्रहरू छैन। चिया श्रमिकहरूले आफ्नो धर धडेरी साथै आफुहरूले कमाउदै आई रहेको जग जमीनको पर्चा पटटा दिनु पर्ने मांगहरू पनि गर्दै आई रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *