लायन्स क्लबको तत्वावधानमा जागरूकता शिविरको आयोजन

IMG_20230205_171437.jpg

सिलगढी: विश्व क्यान्सर दिवसको अवसरमा लायन्स क्लब अफ सिलगढी उदय क्विन्स- ले ब्रेस्ट क्यान्सरबारे जागरूकता शिविरको आयोजना गर्यो। दुनियाँभरिमै ब्रेस्ट क्यान्सरले पीड़ित महिलाहरूको संख्या बढ्दै गइरहेको छ। जागरूकताको कमीको कारण नै महिलाहरू यस घातक बिमारीले पीड़ित भइरहेकी छन्। लायन्स क्लब अफ सिलगढी उदय क्विन्सले पनि हिजो विश्व क्यान्सर दिवसको अवसरमा महिलाहरूलाई ब्रेस्ट क्यान्सरप्रति जागरूक गर्ने उद्देश्य लिएर जागरूकता शिविरको आयोजना गरेको थियो। यस शिविरमा प्रसिद्ध डाक्टर सप्तर्षि घोष र विशान्त देउ उपस्थित थिए। उक्त शिविरमा उपस्थित महिलाहरूलाई डाक्टरहरूले ब्रेस्ट क्यान्सरबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा विविध जानकारीहरू दिए। यस सम्बन्धमा लायन्स क्लब अफ सिलगढी उदय क्विन्सकी अध्यक्ष अमृता अग्रवालले भनिन्, ब्रेस्ट क्यान्सरप्रति महिलाहरूलाई जागरूकता गराउन संस्थाको मुख्य उद्देश्य रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement