५ फरवरीः मातेर पत्नीसँग कुटपीट गर्नको साथै अपशब्द भनेको आरोपमा भारतका पूर्व क्रिकेटर बिनोद काम्बली विरुद्ध पुलिसमा एफआईआर दर्ता गरिएको छ। एकजना अधिकारीले बताएअनुसार, शुक्रवार भएको यस घटनामा अहिलेसम्म कसैलाई पक्राउ चाहिँ गरिएको छैन। काम्बलीकी पत्नी एण्ड्रियाले बताएअनुसार, पूर्व भारतीय क्रिकेटरले उनलाई फ्राइंग प्यानले झटारो हानेका थिए। त्यसले उनको शीरमा चोट लागेको थियो। घटना शुक्रवार दिउँसो एकदेखि डेढ़ बजीबीच भएको थियो। त्यस समय काम्बलीले घर पुगेर मातेको अवस्थामा पत्नीलाई गाली गर्न थालेका थिए। त्यस समय काम्बलीका १२ वर्षीय छोरा पनि घरमा थिए। घटनापछि काम्बलीकी पत्नीलाई उपचारको निम्ति भाभा अस्पताल पुऱ्याइएको थियो। उनको नालिशपछि पुलिसले काम्बली विरुद्ध आईपीएस-को धारा ३२४ र ५०४ अन्तर्गत एफआईआर दर्ता गरेको छ। मामिलाको जाँच चलिरहेको छ।