प्रीमियर लीगः म्यानचेष्टर युनाइटेडले जिते पनि आर्सनलको हार

CollageMaker_20232514747595.jpg

५ फरवरीः ईंग्लिश प्रीमियर लीगमा शीर्ष स्थानमा रहने आर्सनल उलटफेरको शिकार बन्यो। शनिवार राति खेलिएको म्याचमा आर्सनललाई एभर्टनले १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा केवल २९ प्रतिशत पोजेशनको साथ खेले पनि जेम्स तार्कोवस्कीले ६०औं मिनटमा दिलाएको गोलले एभर्टनलाई जीत दिलायो। यस हारपछि पनि आर्सनल २० वटा म्याचमा ५० पोइण्टको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा कायम रह्यो। आर्सनलको यो प्रीमियर लीगको जारी सीजनमा केवल दोस्रो हार हो। यसरी नै एभर्टन २१ वटा म्याचमा १८ पोइण्ट लिएर १८औं स्थानमा रहेको छ। यसबीच म्यानचेष्टर युनाइटेडले दशजना खेलाड़ीको साथ खैल्दै पनि क्रिस्टल प्यालेसलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट ब्रूनो फर्नाण्डेजले सातौं अनि मार्कस रासफोर्डले ६२औं मिनटमा गोल गरे। यसरी नै क्रिस्टल प्यालेसबाट जेफरी शल्पले ७६औं मिनटमा गोल गरे। म्यानचेष्टर युनाइटेडका खेलाड़ी कासेमिरोलाई ७०औं मिनटमा रातो कार्ड देखाइयो। यस जीतपछि म्यानचेष्टर युनाइटेड २१ वटा म्याचमा ४२ पोइण्टको साथ तेस्रो स्थानमा पुग्यो। यसरी नै क्रिस्टल प्यालेस २१ वटा म्याचमा २४ पोइण्ट लिएर १२औं स्थानमा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *