आरिथाङमा पनि पालन गरियो एसकेएम पार्टीको स्थापना दिवस

IMG-20230204-WA0128.jpg

गान्तोक: आज एघारौं एसकेएम स्थापना दिवस समष्टि स्तरमा राज्यका सबै समष्टिहरूमा धुमधामले पालन गरियो। यस अन्तर्गत आज आरिथाङ समष्टि स्तरीय स्थापना दिवस पार्टीका महासचिव तथा सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेतीको मुख्य आतिथ्यमा सम्पन्न भयो। समारोहमा समष्टिभरिका पार्टी समर्थकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि उप्रेतीले यो दिनलाई हर्षले मनाउनुपर्छ भन्ने आह्वान गरे। आफ्नो सम्बोधनमा उनले अझ भने एसकेएम भनेको समुद्रजस्तै हो जहाँ अनेकौं खोला र नदी मिसिएको हुन्छ। समुद्रमा खोला र नदीको पानी अलग अलग हुँदैन पानी सबै एउटै हुन्छन्। त्यसैगरी एसकेएममा पनि नयाँ र पुरानो सदस्य भन्ने भेदभाव छैन। चाहे नयाँ होऊन् चाहे पुरानो सबै सदस्य एउटै हुन् भन्दै पार्टीमा सामेल हुने नयाँ सदस्यहरूलाई स्वागत पनि जनाए। आज स्थापना दिवसको अवसरमा एसडीएफका पन्ध्र परिवारले आफ्नो पार्टी त्यागेर एसकेएम पार्टीको सिद्धान्त र अनुशासनमा सामेल भए। ती नयाँ सदस्यहरूलाई पार्टी महासचिव उप्रेतीले खदा लगाएर तथा पार्टीको झण्डा प्रदान गर्दै पार्टीमा स्वागत जनाए। समारोहमा उपस्थित जनभेलालाई देखाउँदै उनले आजको भेलालाई एसकेएम पार्टीलाई दह्रिलो बनाउन भएको भेला हो भन्ने बताए। पार्टी महासचिव तथा विधानसभा अध्यक्ष उप्रेतीले सिक्किमे नेपाली समुदायमाथि लगाएको विदेशीको लाञ्छना विषयमा आगामी 9 फरवरीको दिन विधानसभा अधिवेशन डाकिएको जानकारी पनि दिए। समारोहमा पार्टीका धेरै उच्च पदाधिकारीहरूले पनि वक्तव्य राखेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *