विधायक डीआर थापालाई भारतीय जनता पार्टी (भाजपा) सिक्किमको अध्यक्ष नियुक्त

Untitled-1-copy-5

गान्तोकः विधायक डीआर थापालाई भारतीय जनता पार्टी (भाजपा) सिक्किमको अध्यक्ष नियुक्त गरिएको छ। भाजपाको राष्ट्रिय अध्यक्ष जेपी नड्डाले विधायक थापालाई प्रदेश भाजपा अध्यक्ष नियुक्त गरेका छन्‌।

यसैगरी, नङ्डाले विधायक एनके सुब्बालाई प्रदेश भाजपाको विधायक दलका नेता नियुक्त गरेका छन्‌। यसरी नै विधायक डीटी लेप्चालाई राष्ट्रिय कार्यकारी समितिमा स्पेशियल इन्भाइटी चयन गरिएको छ। भाजपाको राष्ट्रिय महासचिव एवं मुख्यालय प्रभारी अरूण सिंहले आज जारी गरेको सांगठनिक नियुक्त पत्रमा उक्त जानकारी दिएका छन्‌। उल्लेखनीय छ, प्रदेश भाजपाका पूर्व अध्यक्ष डीबी चौहानले आफ्नो पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement