विधायक डीआर थापा बने सिक्किम प्रदेश भाजपा अध्यक्ष

IMG-20230204-WA0129.jpg

गान्तोक: अप्पर बुर्तुकका विधायक डीआर थापा भारतीय जनता पार्टीको नयाँ सिक्किम प्रदेश अध्यक्ष नियुक्त भएका छन्। उनलाई आज पार्टीको केन्द्रीय समितिले नयाँ प्रदेश अध्यक्ष चयन गरेको हो। उल्लेखनीय छ, पूर्व प्रदेश अध्यक्ष डीबी चौहानले पदबाट राजीनामा दिएपछि भाजपा प्रदेश अध्यक्षको पद रिक्त भएको थियो। आज भारतीय जनात पार्टीको राष्ट्रिय महासचिव अरुण सिंहले एउटा साङ्गठनिक नियुक्तिपत्र जारी गरेर विधायक थापालाई नयाँ सिक्किम प्रदेश अध्यक्ष चयन गरेको आधिकारिक घोषणा गरेका छन्। यसको साथै विधायक एनके सुब्बालाई सिक्किम विधानसभामा भाजपा विधायक दलका नेता र विधायक डीटी लेप्चालाई राष्ट्रिय कार्यकारी समितिमा विशेष आमन्त्रित सदस्य चयन गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *