श्री श्री राम ठाकुरको ५० औँ जयन्ती समारोह सिलगढी न्यू मिलन पल्लीमा आयोजित

4ee77ea3-77a3-4cd7-8bc7-537022c581a7

सिलगढी: श्री श्री राम ठाकुरको ५०औँ जयन्ती समारोह सिलगढी न्यू मिलन पल्लीमा आयोजना गरियो। सिलगढीको न्यू मिलन पल्लीस्थित श्री श्री कैबल्यानाथ मन्दिरमा हरेक वर्ष जस्तै यस वर्ष पनि श्री राम ठाकुरको महाउत्सव तीन दिनसम्म भव्यताका साथ मनाइँदैछ। फागुन ४ गते राम ठाकुरलाई रथमा विराजमान बनाएर सो क्षेत्रमा रंगारंग शोभायात्रा निकालिएको थियो । शोभायात्रामा श्री श्री राम ठाकुरका गुरु दाजुभाइ दिदीबहिनी, भक्तजन, स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । महाप्रसाद वितरण समारोह फागुन ५ गते हो । तीन दिनसम्म चल्ने यस महोत्सवमा उत्तर बङ्गालका विभिन्न जिल्लाका कीर्तनीहरूको समूह सहभागी हुन आएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement