४ फरवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १६औं सीजनमा दार्जीलिङ पुलिसले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। शनिवार सुकना हाई स्कूल मैदानमा भएको ग्रुप सी-को म्याचमा दार्जीलिङ पुलिसले खरसाङको मिक्स्ड अप् बोइजलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सिद्धान्त छेत्रीले १७औं र ग्याबो शेर्पाले ३१औं मिनटमा गोल गरे। विजेता टीमका ग्याबो शेर्पालाई प्लेयर अव् द म्याच चयन गरियो। आजको म्याचमा मुख्य अतिथिको रूपमा लिटल एञ्जेल स्कूलका निदेशक दीपक न्यौपाने र प्रधान अध्यापिका राधिका न्यौपाने उपस्थित थिए।

आइतवार खेलिने ग्रुप डी-को म्याचमा क्याप्टन न्यौपाने फूटबल एकाडमी (मिलनमोड़) र युनाइटेड रंगबुल एफसी-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १४ र १५ फरवरीमा हुनेछ। यसरी नै फाइनल १७ फरवरीमा खेलिनेछ।









