एनएच ५५(११०) जोइन्ट एक्शन कल्याण कमिटी गठन

IMG-20230204-WA0116.jpg

सोनादा: सोनादा – रंगबुल क्षेत्रका ठेकेदारहरूलाई लिएर एनएच ५५(११०) जोइन्ट एक्शन कल्याण कमिटी गठन गरिएको छ। उक्त कमिटी गठन गर्न हेतु रंगबुलमा हेमन्त सिंहको होम स्टे परिसरमा एनएच ५५ अन्तर्गत ० किलोमीटरदेखि २० किलोमीटरसम्मको ठेकेदारहरूलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता रंगबुल ११० एनएचको सभापति मणिकुमार राईको अध्यक्षता र सदीप(बादल) राईको सञ्चालनमा सम्पन्न भएको छ। सभाको मुख्य विषय अनुसार एचएच ५५(११०)को ० किलेमीटरदेखि २० किलोमीटरसम्मका ठेकेदारहरूलाई लिएर एउटा संगठन अघिदेखि नै गठन गर्न सोनादा र रंगबुलको सोच रहेको र त्यसै अनुसार सभामा छलफल गरेर सबै क्षेत्रका प्रतिनिधिहरूका सल्लाह र परामर्श अनुसार एक बलियो संगठनको खाँचो भएको महसुस गरिएको छ। उक्त कुरालाई ध्यानमा राखेर सबैको सहमतिमा एनएचक ५५(११०)अन्तर्गत ० किलोमीटरदेखि २० किलोमीटरका ठेकेदारहरूलाई लिएर एनएच ५५(११०) जोइन्ट एक्शन कल्याण कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति महेन्द्र प्रधान, उप सभापति सचिन तामाङ र छोगेन तामाङ, सचिव सदीप (बादल) राई, सह सचिवमा पेमा शेर्पा र बिनय तामाङ, कोषाध्यक्ष संगीत तामाङ, सह कोषाध्यक्ष हेमन्त सिंह, मुख्य सल्लाहकार मनोजकुमार खत्री, सञ्जय तामाङ, सुरेन तामाङ र ८ जना कार्यकारी सदस्यहरू चयन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement