लिम्बु विकास समितिको सभा सम्पन्न

6445d03d-5350-4272-93c4-40279ffd76d1


कालचिनीः लिम्बु विकास समिति अलिपुरद्वार जिल्ला कमिटीको साङ्गाठनिक सभा शनिबार हेमिल्टनगञ्जमा सम्पन्न भएको जानकारी समितिको सचिव महिपाल सुब्बाले दिएका छन्। समितिको सभापति आसबहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न सो सभामा लिम्बु विकास समितिको आगामी कार्यक्रमहरूबारे छलफलमा लिम्बु जातिको जनगणना साथै बार्षिक सदस्यता, भाषा साहित्य र लिपिको संरक्षण एवम् लिम्बु सङ्ग्रहालयको निम्ति लिम्बु जातीय चीजबीजको जोगाड़ गरिने प्रस्ताव पारित गरियो।
सभामा लिम्बु विकास समितिको अध्यक्ष आसबहादुर लिम्बु लगायत सचिव महिपाल सुब्बा, सहसचिव जीत लिवाङ, सहसभापति बिजय सुब्बा कोषाध्याक्ष पीबी लिम्बु एवम् अन्यान्य कार्यकारिणी सदस्यहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement