आजदेखि अजय एडवार्डसको परिवर्तन यात्रा

IMG-20220610-WA0153.jpg

दार्जीलिङ। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस भोलि शनिबारदेखि चुनावी प्रचार प्रसारमा ओर्लिने भएको छ। जीटीए सभा चुनावको मतदान आगामी २६ जूनको हुने भएको छ। जीटीए सभाको ४५ वटा आसनहरूमा नै हाम्रो पार्टीले उम्मेद्वारहरू खडा गरेका छन्। पार्टी उम्मेद्वारहरूको पक्षमा अध्यक्ष अजय एडवार्डसले भोलि शनिबार तकभर समष्टिदेखि चुनावी प्रचार-प्रसार गर्ने भएको छ। हाम्रो पार्टीले अध्यक्ष अजय एडवार्डसको चुनावी प्रचार-प्रसारको कार्यक्रमलाई परिवर्तन यात्राको नाम दिएको छ। भोलि बिहान ९ बजीदेखि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले तकभर समष्टि, विजनबारी समष्टि हुँदै चुङथुङ समष्टि हुँदै फर्किने कार्यक्रम रहेको छ।विजनबारीको चूनावी सभालाई सम्बोधन गर्ने भएको छ भने तकभर समष्टि, चुङथुङ समष्टिहरूमा पथ सभा गर्ने कार्य योजना रहेको छ।

हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आफ्नो परिवर्तन यात्राको क्रममा पार्टी उम्मेद्वारहरूलाई पनि साथमा लिने भएको छ। गत ३५ बर्षदेखि पहाडबासीले सहन्दै आएको छ, अब पहाडमा परिवर्तन हुन जरूरी रहेको बताउँदै समस्त पहाडबासीले अब पहाडमा जनताको राज ल्याउन पर्छ भन्ने आहवान गर्दै आईरहेको छ। दार्जीलिङ पार्वतीय क्षेत्रको कुना काप्चाहरूमा अझसम्म पक्का बाटो पूग्न सकेको छैन,पिउने पानीको ब्यवस्था भएको छैन ,विमारीहरूको राम्रो उपचार गर्नलाई दार्जीलिङ पहाडमा राम्रो अस्पतालको ब्यवस्था छैन।कुनै समय दार्जीलिङ एक शिक्षाको केन्द्र थिए तर अहिले दार्जीलिङ पहाडको त्यो गरिमा हराएर गएको छ। पहाडका विद्यार्थीहरू शिक्षा अर्जन गर्न पहाड छोडेर जानु पर्दैछ हाम्रो पार्टीले विषयहरूलाई आफुहरूले गम्भीरताको साथ लिएको अध्यक्ष एडवार्डसले बताए। हाम्रो पार्टीले दार्जीलिङ नगरपालिकामा जनताको राज ल्याएर आफ्नो इमान्दारिता देखाई सकेको छ। अब लाल कोठीमा पनि जनताको राज ल्याएर दार्जीलिङ पहाडको काया पल्टाउने संकल्प लिइसकेका छौँ भन्ने अध्यक्ष एडवार्डसले बताए। तिनले अघि भने, २०१२ मा जीटीए सभाको बोर्ड गठन भएको हो। दार्जीलिङ पार्वतीय क्षेत्रहरूको विकाश गर्नलाई केन्द्र सरकार, राज्य सरकारले धेरै धनराशीहरू पठाएको आरटीआई रिपोर्टमा खुलासा भइसकेको छ तर जीटीए सभाको बोर्ड सञ्चालन गर्नेहरूले आएको ती धनराशीहरू कहाँ कहाँ खर्च गरियो भन्ने विषयमाथि प्रमाण पत्र नदिएको पनि आरटीआई रिपोर्टमा उल्लेख गरिएको अध्यक्ष एडवार्डसले बताए। तर लाल कोठीमा जनताको राज आएको खण्डमा विकाशको निम्ति आएको धनराशीको एक एक रूपियाँको हिसाब कितावहरू हामी जनता समक्ष राख्ने छौँ अनि हामी कुनै पनि काम पादर्शी राखेर गर्ने छौँ भन्ने अध्यक्ष एडवार्डसले बताए। एक प्रश्नको जवाफमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले जनता समक्ष अनुरोध गर्दै अघि भने तपाईहरूले मलाई १० मिनट पहाडमा म जनताको राज ल्याउनेछु। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसको परिवर्तन यात्रा जीटीए सभाको ४५ वटा समष्टिहरूमा नै आगमी २४ जूनसम्म चल्नेछ भन्ने पार्टी सूत्रले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement