जंगली भैंसी देखापरेपछि मानिसहरू भयभीत

IMG_20230204_193000.png

अलिपुरद्वार: जंगली भैंसी जङ्गलबाट निस्केर आवासीय इलाकामा पसेपछि क्षेत्रमा आतङ्कको माहौल देखापर्यो। जानकारी अनुसार आज बिहान एउटा (बाइसन) जंगली भैंसी चिलापाता जङ्गलबाट निस्केर आवासीय इलाकामा पस्यो। यो जंगली भैंसी अलिपुरद्वारको १ नम्बर खण्डको मथुरा बजार, दक्षिण चकोयाखती इलाकामा घुमफिर गरिरहेको देखेपछि इलाकामा मानिसहरू आतङ्कित बन्न पुगे। यसपछि तिनीहरूले वन विभागलाई खबर दिएपछि चिलापाता रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त बाइसनलाई जङ्गलतिर लखेट्ने प्रयास गरे तापनि असफल भए। यसपछि वनकर्मीहरूले निद्रा लाग्ने इन्जेक्सनको सहयोगमा नियन्त्रणमा ल्याएर उक्त बाइसनलाई लगेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement