१२ बटालियनको आयोजनामा विश्व क्यान्सर दिवसको अवसरमा सचेतनता शिविर सम्पन्न

IMG_20230204_193447.jpg

फुलबारी: आज विश्व क्यान्सर दिवस हो। यस दिवसको अवसरमा आज डाबग्राम १२ बटालियनको तर्फबाट क्यान्सरबारे सचेतनता शिविरको आयोजना गरियो ।यस शिविरमा पुलिस कर्मीहरूलाई क्यान्सर रोगबारे सचेतना गराइयो। फुलबारी संलग्न एसएपी १२ बटालियनमा सिलगढी नर्सिङहोमको सहयोगमा क्यान्सरबारे सचेतनता शिविरको आयोजना गरियो।यस शिविरमा डा. सप्तर्षि घोषले क्यान्सरबारे विभिन्न विषयमा जानकारी गराए भने शिविरमा एसिस्टेन्ट कमान्डेन्ट उदय छेत्री, रिजर्भ इन्स्पेक्टर विशाल लेप्चा, सिलगढी नर्सिङहोमका डा. सप्तर्षि घो, अयन दत्त, उत्पल राय लगायत अन्य पुलिस अधिकारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement