गोर्खा भर्ती केन्द्र साथै सैन्य अस्पताल दार्जीलिङबाट स्थानन्तरित गर्ने निर्णयको विरोधमा सभा

00-IMG-20230204-WA0092


सिलगढी: भारतीय गोर्खा भूतपूर्व सैनिक अर्ध सैनिक संगठन बाघडुग्राको आयोजनामा बृटिशकालिन स्थापित गोर्खा भर्ती केन्द्र साथै सैन्य अस्पताल दार्जीलिङबाट अन्यत्र स्थानन्तरित गर्ने निर्णयको विरोधमा सभा गरिएको छl बृटिशकालिन १८९० मा स्थापित गोर्खाहरुको धरोहर गोर्खा भर्ती केन्द्र जीआरडी घुम साथै यहाँ स्थापित १६३ सैन्य अस्पताल लेबोङबाट अन्य जग्गामा सारिने सरकारको योजनालाई प्रतिबाद संगठनले विरोध जनाएको छl केन्द्र सरकारको यस निर्णयलाई पुनर्विचार गर्ने अपिल गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई, रक्षामन्त्री राजनाथ सिंह र संसद राजु बिस्टलाई पत्राचार गर्ने निर्णय गरिएको छ।
संगठनका अध्यक्ष अनरेरी कप्तान रिटायर मानबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको सभामा मुख्य वक्ताहरु कर्णल (अप्रा०) केशव राई, अनरेरी कप्तान (अप्रा०), कृपासुर राई, भरत राईले आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए भने सभालाई आई के राईले संचालन गरेका थिए। सबै वक्ताहरूले गोर्खा भर्ती केन्द्र साथै लेबोङस्थित १६३ सन्य अस्पताल गोर्खाहरूको पहिचान दर्शाउने ऐतिहासिक धरोहर तथा स्थानीयहरूलाई रोजगार प्रदान गर्ने सरकारी संस्था रहेको साथै यहाँका सैन्य अस्पताल सेवारत सैनिक र उनीहरूका परिवारलाई साथै पूर्व सैनिकहरुका निम्ति स्वास्थ सेवा प्रदान गर्ने अस्पताल रहेको बताएl सो निर्णय सरकारले फिर्ता लिनुपर्ने वक्ताहरूले बताएl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement