भोटर कार्डहरूले हामीलाई विदेशीको लान्छनाबाट जोगाउन सक्दैन: अजय एडवार्डस

00-Ajay-Edwards-IMG-20221228-WA0240-1

दार्जीलिङ: सिक्किमले लगाएको गुण भूल्न नसकिने हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डसले बताएका छन्। सर्वोच्च न्यायलयले सिक्किमे नेपाली भाषीहरूलाई विदेशीको लान्छना लगाएपछि आज भारतीय नेपालीहरूले त्यसो चर्को स्वरमा विरोध जनाउँदै आइरहेका छन्। यसैक्रममा आज दार्जीलिङमा विरोध जुलुस निकालियो। जुलुसमा भाग लिन आएका अजय एडवार्डसले सिक्किमले लगाएको गुण भूल्न नसकिने बताएका हुन्। उनले भने, ‘सन् १९८६ को गोर्खाल्याण्ड आन्दोलन भनौं अथवा त्यसपछि गोर्खाल्याण्ड आन्दोलनहरूलाई सिक्किमे जनताले हामीलाई सहयोग पुर्याउँदै आएको छ। आज सिक्किमे नेपालीहरूमाथि विदेशीको लान्छना लागेको छ अनि यस्तो प्रकारको लान्छना लाग्नु भनेको गम्भीर विषय होl’ उनले अझ भने, ‘सिक्किमे नेपाली भाषीहरूमाथि लागेको विदेशीको लान्छनाले सम्पूर्ण भारतीय गोर्खा नेपाली भाषीहरूको छाती पोलेर आएको छl हामी सिक्किमे जनताको पक्षमा छौ, सिक्किमे जनताले आफुले आफुलाई एक्लो नठानुन् हामी सिक्किमको राजनीतिमा कुनै प्रकार हस्तक्षेप गर्न सडकमा ओर्लिएका होइनौंl सिक्किमे नेपाली भाषीहरूसँग हाम्रो रगतको साइनो छl’ ‘सिक्किमे जनताको राज्य छ, मुख्यमन्त्री छ र पनि उनीहरूलाई विदेशीको लान्छना लाग्दैछ भने, हामी दार्जीलिङ पार्वतीय क्षेत्रलगायत देशका विभिन्न प्रान्तहरूमा बसोबासो गर्ने नेपाली भाषी गोर्खाहरूको केही छैन, हामी असुरक्षित छौ, त्यसैले हामीले बारम्बार जातीय चिन्हारी कुरा गरेका हौँl तर यहाँ कतिपय राजनैतिक दलका नेतृत्वहरूले हाम्रो भोटर कार्ड, प्यान कार्ड सबै थोक रहेको बताउँदै गोर्खाहरूलाई जातीय परिचय र जातीय चिन्हारीको कुनै जरूरी नरहेको बताउँदै आइरहेका छन्’, अजय एडवार्डसले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement