सिलगढी: सत्तारुढ दलका श्रमिक संगठनले सांसद राजु विष्टको घर अगाडि विरोध प्रदर्शन गरेको छ। चियाबगानका श्रमिकहरूलाई पीएफ भुक्तानीलगायतका विभिन्न मागहरूलाई लिएर आईएनटीटीयूसीले सांसद राजु विष्टको घर अगाडि विरोध प्रदर्शन गर्यो। यसका प्रदेश अध्यक्ष ऋतब्रत ब्यानर्जीको नेतृत्वमा संस्थाका हजारौँ सदस्यले सांसदको घर अगाडि धारणा दिएर नाराबाजी गर्यो। ऋतब्रत ब्यानर्जीले श्रनिक मजदुरहरूले आफ्नो पीएफ नपाएको साथै विभिन्न सरकारी सुविधाबाट वञ्चित भइरहेको बताए। उनीहरुको हकहितको पैसा र सरकारी सुविधा पाउनको लागि आईएनटीटीयूसीले आन्दोलन जारी राख्ने भएको छ। विरोध जनाउन आईएनटीटीयूसीका प्रदेश अध्यक्ष ऋतब्रत ब्यानर्जी, तृणमूल कांग्रेसका कार्यकर्ताहरूसहित बाक्लो संख्यामा संगठनका सदस्यहरू सांसदको घर अगाडि भेला भएका थिए। यस अवधिमा ऋतब्रत ब्यानर्जीले कार्यकर्ताहरूलाई सम्बोधन गरेl










