दिल्लीमा अखिल भारतीय माहयाना बौद्ध माहनिपा संघद्वारा डोल्मा पुजा भव्य रुपमा सम्पन्न आयोजना

00-IMG-20230204-WA0088

सिलगढी: अखिल भारतीय महायाना बौद्ध माहनिपा संघ दिल्ली शाखाद्वारा २९ जनवरी २०२३ को दिन ‘आर्य तारादेवी डोल्मा पुजा’  भव्यताका साथ सम्पन्न गरियो। उक्त ‌पुजा समग्र मानव जाति अनि अन्य प्राणीहरूको सुख, शान्ति समृद्धि हेतु साथै जगतमा जति पनि दु:ख कष्ट र अल्पायुमा  मृत्यु हुन्छन्, आकस्मिक मृत्यु हुन्छन् त्यसैको  निवारण हेतु यो पुजा आयोजना गरिन्छ। कोरोना कालमा जसरी मानव जातिको ‌आकल मृत्यु भएको थियो यस्तै मृत्युहरू नहोस् भनि कसैलाई पनि संकट र विपद नअओस् भनि पुजा गरिन्छ। आर्य तारादेवी डोल्माको‌ पुजाले यस प्रकारको संकटहरूको निवारण हुन्छन्। डोल्मा देवीलाई ;ज्योतसन डोल्मा’ पनि चिनिने गर्छन्।

हरियो वर्णको आर्य तारादेवीलाई दु:ख,आपद विपद,रोग कष्ट निवारण गर्ने देवी मानिन्छ भने सेतो वर्णको तारा देवीलाई ‘आयुको देवी’ मानिन्छ। यस पुजाको अगुवाई केन्द्रीय समितिबाट संघका संस्थापक अध्यक्ष मूलगुरू खेनचेन रेमपोरछे साँगे लोडोले गरेका थिएl केन्द्रीय समितिका महासचिव आचर्य साँगे छयोपालपनि विशेष उपस्थिति पुजामा रहेको थियो।

श्याकय गुम्बाबाट,किवी गुम्बा र मजनुका टिला गुम्बाबाट पनि‌ लामा गुरूहरू पुजामा उपस्थित थिए। बिहानै ८ बजेदेखि शुरू भएको पुजा अपराह्न १.३० बजे सकिएपछि लगत्तै मुलगुरू खेनचेन रेमपोरछे पुज्यनिय साँगे लोडोले यस पुजाको साथै यसबाट हुने लाभबारेमा प्रवचनद्वारा सुनाए। त्यस पश्चात उनकै बाहुलीबाट ‘वाङ’(विशेष अभिषेक) उपस्थित सबैलाई वितरण गरियो। दिल्ली शाखाको यो दोस्रो ‌पुजा थियो यस भन्दा अघि सन् २०१९ मा सम्पन्न भएको थियो। कोरोनाको महामारीका कारण थाँतीमा रहेको पुजा यसपाली गरियो।

दिल्ली ‌एनसीआरका बौद्ध धर्मावलम्बीहरूको बाक्लो भीड थियोl यसबारेमा पुजा समितिका दावा रोहित तामङ, निशा लामा, लाक्पा लामा, शारदा टार्गेन लामा, शुभम तामङ, दोर्जे लामा, सुनिल शेर्पा, सिमा तामङ, सत्यम तामाङ, ज्योतिका तामाङ, रोशनी शेर्पा, अनु शेर्पा, राम मोक्तान, सोनम धामचीबाट प्रेषित गरिएको छ। यस पुजामा संघका पूर्व अध्यक्ष लोपसाङ लामा पनि उपस्थिति थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement