ग्रामीण चिकित्सा पुस्तकालयको ९औं स्थापना दिवस अवलोकन

IMG-20230204-WA0038.jpg

जलपाइगढीः जलपाइगढी जिल्लाको मयनागढी पानबारीमा अवस्थित ग्रामीण चिकित्सा पुस्तकालयको ९औं स्थापना दिवस भव्यताका साथ मनाइयो। त्यस्तै उत्तर बङ्गालको ग्रामीण चिकित्सा संस्थाको एकमात्र पुस्तकालयको वार्षिक साधारण सभा पानबारीमा सम्पन्न भएको छ। चिकित्सा जगतका महान् व्यक्तित्व डा. नर्मन बेथुनको फोटोमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो। त्यसपछि संगठनका प्रदेश अध्यक्ष आनन्द मण्डल, जिल्ला अध्यक्ष नारायण राई आदिले विभिन्न विषयमा छलफल गरेका थिए। कालीपाद शील, आनन्द मण्डल, वासुदेव चक्रवर्ती, नारायण चन्द्र राई, अमल मल्लिक, हरिपाद दास लगायत संस्थाका सयजना सदस्यहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement