४ फरवरीः इण्डियन सुपर लीग (आईएसएल)-का आयोजकहरूले प्रतियोगिताको यस सीजनको फाइनल म्याच १८ मार्चमा हुने घोषणा गऱ्यो। यसरी नै चौथो र पाँचौं स्थान तथा तेस्रो र छैटौं स्थानको निम्ति हुने दुईवटा प्ले अफ् म्याच क्रमशः ३ र ४ मार्चमा हुनेछ। तेस्रो र चौथो स्थानमा रहने टीमहरूले यी म्याचहरूको आयोजन गर्नेछ। चारवटा होम एण्ड अवे सेमिफाइनल म्याचहरू क्रमशः ७, ९, १२ र १४ मार्चमा खेलिनेछ। नयाँ प्रारूप अनुसार लीग चरणको अन्तमा शीर्षमा रहने दुईवटा टीमले सीधै सेमिफाइनलको निम्ति क्वालीफाई गर्नेछ। तेस्रो र छैटौं स्थानमा रहने टीमहरूबीच एउटा प्ले अफ् म्याच हुनेछ, जसबाट सेमिफाइनलमा खेल्ने अन्य दुईवटा टीम तय हुनेछ। फाइनलको स्थलको घोषणा पछिबाट गरिनेछ। मुम्बई सिटी एफसी र हैदराबाद एफसी-ले अगावै अघिल्लो चरणको निम्ति क्वालीफाई गरेको छ।