प्रीमियर लीगः चेल्सीलाई ड्र-मा रोक्न सफल फूलहाम

IMG-20230204-WA0010.jpg

४ फरवरीः ईंग्लिश प्रीमियर लीगमा चेल्सी फेरि ड्र-मा रोकियो। यसपाली शक्तिशाली चेल्सीलाई फूलहामले गोलरहित ड्र (०-०)-मा रोक्यो। आफ्नो होम ग्राउण्ड स्टेमफोर्ड ब्रीजमा ६७ प्रतिशत पोजेशनको साथ खेल्दै चेल्सीले लगातार आक्रमण गरे पनि गोलको खाता खोल्न सकेन। पूरा म्याचमा फूलहामले होम टीमलाई दबाउमा राख्यो। यस निराशाजनक ड्र पछि चेल्सी २१ वटा म्याचमा ३० पोइण्ट लिएर नवौं स्थानमा रहन पुग्यो। टीमले प्रीमियर लीगको यस सीजनमा ७ वटा म्याच हार्नको साथै ६ वटा ड्र गरेको छ। यसरी नै फूलहाम २२ वटा म्याचमा ३२ पोइण्टको साथ छैटौं स्थानमा रहेको छ।

About Author

Advertisement