सिस्टमको कुरा गर्नेहरूले स्टिमलाई ताकमा राखेर काम गर्दा श्रमिकहरूले दुख पाई रहेको छ: जतन राई

IMG-20230204-WA0002.jpg

दार्जीलिङ: सिस्टमको कुरा गर्नेहरूले सिस्टमलाई ताकमा राखेर काम गर्दा चिया श्रमिकहरूले दुख पाई रहेको छ श्रमिक नेता जतन राईले बताएको छ। जोइण्ट फोरमको बरिष्ठ कार्यकर्ता एंव श्रमिक नेता जतन राईले बताए अनुसार गत ८ दिसम्बरको दिन जीटीए मुख्यलय लाल कोठीमा सत्ता पक्षको श्रमिक संगठन,जीटीए सभाको पदाधिकारी अनि मालिक पक्ष हरू माझ रागेरूङ चिया बगान, पान्दाम चिया बगान लगायत चारवटा चिया बगानहरूमाथि किनवेचको सम्झौता भएको थियो, जसमा यी चारवटा चिया बगानहरू श्री नारायणी कम्पनीले लिएका थिए तर ४५ दिन नपूग्दै यी चिया बगानहरूमा कार्यरत श्रमिकहरूलाई विचल्नी पारेर मालिकबर्ग निखोज रहेको श्रमिक नेता राईले बताएको छ। गत ८ दिसम्बर २०२२ मा जीटीए मुख्यलय लाल कोठीमा बन्सल ग्रुप अधिनस्थ चारवटा चिया बगानहरू रम्बुक सिर्डर,पान्दाम, रागेरूङ आलुबारी नागरी चिया बगानहरूलाई लिएर सम्झौता भएको थियो आयोजित सम्झौता सभामा सम्बंधित विभागीय अधिकारी हरूको अनुउपस्थितिको कारणले गर्दा त्यसलाई जोइण्ट फोरमले अबैघ ठहराउँदै सभामा अंश ग्रहण नगर्ने निर्णय लिएका थियौ अनि यो कुरा हामीले जीटीएको प्रमुख कार्यपालको ओ.एस.डी.लाई जानकारी पनि गराएका थियौ श्रमिक नेता जतन राईले भने। सत्ताधारी पार्टीको श्रमिक संगठनद्वारा आयोजित सभामा चारवटा चिया बगानहरू नयाँ कम्पनीले लिएको मिडियाँ कर्मी हरूलाई पनि जानकारी गराएका थिए।चारवटा चिया बगानहरू नयाँ कम्पनीले लिएको केवल ४५ दिन नपूग्दै ती चिया बगानहरू कार्यरत श्रमिकहरूलाई लथालिङ बनाएर मालिकबर्ग निखोज बनेको छ। यी चिया बगानहरूको ताजा स्थितिले उक्त सम्झौता चिया श्रमिकहरूको आखाँमा धूलो हाल्ने काम मात्र गरेको थिएछ भन्ने स्पष्ट भएको छ।मालिकबर्ग निखोज भएपछि बगानमा कार्यरत श्रमिकहरूमा चल पहल मच्चिन थालेपछि सत्ता पक्षको श्रमिक संगठनले हिज शुक्रबार राज्यको श्रम मंत्री मलय घटकलाई पत्रचार गरेको छ अनि उक्त पत्रमा श्रम मंत्री समक्ष हस्तक्षेपको मांग गरेको छ श्रमिक नेता राईले बताए। चिया उद्योग बर्तमान स्थितिमा सोचनीय अवस्थामा उभिएको छ, चिया बगानहरू उचित र नियमित रूपमा संचालन गरिनु पर्छ भन्ने सोच र विचारहरू लिएर नै हामीले १ दिसम्बर २०२२ मा राज्यको श्रम मंत्री मलय घटकलाई पत्रचार गरी सकेका थियौ। राज्यको श्रम मंत्रलयले जीटीएद्वारा आयोजित सभालाई अमाण्य गर्दै १२ दिसम्बर २०२२ को दिन १ बजे बन्द चिया बगानहरूमाथि छलफल गर्न बैठक बोलाएको थियो अनि श्रम मंत्रलयद्वारा पठाएको पत्रमा नयाँ कम्पनीको कुनै उल्लेख गरिएको थिएन श्रमिक नेता राईले भने।सत्ता पक्षको श्रमिक संगठनले केवल आखाँमा धूलो हाल्ने काम मात्र गर्दै थियो भन्ने स्पष्ट भई सकेको थियो। १२ दिसम्बरको सभामा राज्यको श्रम मंत्रलयको पक्षबाट पशुपति घोष उपस्थित रहेका थिए।आयोजित सभामा जीटीएद्वारा गरिएको सम्झौतालाई गैर कानूनी रहेको बताएका थिए। सभामा श्री नारायण कम्पनी बारे कुनै जानकारी नभएको पनि खुलासा भएको थियो, यति मात्र होइन श्री नारायण कम्पनीको पक्षबाट कुनै अधिकारी उपस्थित समेत भएको थिएन। यसले स्पष्ट हुन्छ सत्ता पक्षको श्रमिक संगठनको साथीहरूले चारवटा चिया बगानहरूमा गैर जिम्मेवारी पूर्ण निर्णय लिएका थिए श्रमिक नेता राईले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement