गान्तोक: राज्यमा हप्ता दिनदेखि कोरोनाभाइरसको पोजिटिविटी दर शून्य रहेको छ। राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी दैनिक हेल्थ रिपोर्टमा यसबारे बताइएको छ। विभागद्वारा आज जारी रिपोर्टअनुसार, मोठ ४१ वटा नमूना जाँच गर्दा सबै रिपोर्ट नेगेटिव आएको छ। ४१ मध्ये ३९ वटा गान्तोक जिल्लाबाट अनि दुइवटा पाकिम जिल्लाबाट रहेको थियो। यसरी नै हाल कोरोनाको सक्रिय मामिला शून्य रहेको छ।
जानकारी गराइन्छ, कोरोनाभाइरस शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३२२ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये हालसम्म ४३ हजार ३९ जना कोरोनामुक्त बनिसकेका छन्। यस भाइरसको संक्रमणबाट मोठ ४९९ जनाले ज्यान गुमाइसकेका छन्।









