७ जूनः विश्व कप विजेता फ्रान्सले खराब लयबाट मुक्ति पाउन सकेन। यूएफा नेशन्स लीग फूटबल प्रतियोगिताको म्याचमा यसपाली फ्रान्सलाई क्रोएशियाले १-१-को ड्र-मा अल्झायो। यसअघि आफ्नो पहिलो म्याचमा डेनमार्क विरुद्ध १-२-ले हारको सम्मुखीन हुने फ्रान्सले सोमवार राति पनि निराशाजनक फूटबल खेल्यो। ग्रुप ए-को यस म्याचमा फ्रान्सलाई क्रोएशियाले कड़ा चुनौती दियो। यसबीच एड्रिएन रेबिओटले ५२औं मिनटमा फ्रान्सलाई बढ़त दिलाए तर म्याचको अन्तिम क्षणमा क्रोएशियालाई पेनल्टी प्राप्त भयो। म्याचको ८३औं मिनटमा त्यही पेनल्टीलाई गोलमा परिणत गरी एण्ड्रेज क्रामारिकले क्रोएशियालाई १-१-को बराबरीमा पुऱ्याए। यस ग्रुपको अन्य एउटा म्याचमा डेनमार्कले अष्ट्रियालाई २-१-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट पिएर-एमिले होजबर्गले २७औं र जेन्स स्ट्रीगर लारसेनले ८४औं मिनटमा गोल गरे। अष्ट्रियाबाट जेभर स्लागरले ६७औं मिनटमा एक गोल गरे। यी दुईवटा म्याचपछि डेनमार्क दुवै म्याचमा जीतको साथ ६ पोइण्टको साथ ग्रुपको शीर्ष स्थानमा कायम रह्यो जबकि दोस्रो स्थानमा रहने अष्ट्रियासँग ३ पोइण्ट रहेको छ। फ्रान्स र क्रोएशियासँग अहिले १-१ पोइण्ट रहेको छ तर गोल अन्तरको आधारमा विश्व कप विजेता टीम तेस्रो स्थानमा रहेको छ।
यसरी नै ग्रुप एफ-मा आइसल्याण्ड र अल्बानियाबीचको म्याच १-१-ले ड्र रह्यो जबकि रुस र इज्रायलबीचको म्याच रद्द गरियो। यस ग्रुपमा आइसल्याण्ड २ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। ग्रुप के-मा कजाखस्तानले स्लोभाकिया विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। म्याचको एकमात्र गोल असलान डाराबायेवले २६औं मिनटमा छिराए। यस ग्रुपमा बेलारुस र अजरबैजानबीचको म्याच चाहिँ गोलरहित ड्र (०-०)-मा समाप्त भयो। ग्रुपमा दुवै म्याच जितेर कजाखस्तान ६ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। ग्रुप एम-मा लात्वियाले लिन्चेन्टाइन विरुद्ध १-०-ले जीत हासिल गऱ्यो जबकि मोल्डोवा र एण्डोराबीचको म्याच गोलरहित ड्र-मा समाप्त भयो। ग्रुपमा लात्विया अहिले ६ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ।