ए डीविजन लीगमा कुमुद एफसी च्याम्पियन

IMG_20220606_234759.jpg

६ जूनः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत सोमवार प्रतिष्ठित रविलाल लामा स्मृति ए डीविजन लीगको फाइनल म्याच खेलियो। स्थानीय मेला ग्राउण्डमा भएको म्याचमा कुमुद एफसीले युनाइटेड गितडाब्लिंग एफसीलाई २-१-ले पराजित गरी खिताब जित्यो। विजेता टीमबाट विवेक सुब्बाले २ गोल गरे। कुमुद एफसीले यसअघि सेमिफाइनलमा नेक्सस १३-लाई ५-१-ले पराजित गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement