अरुणाचल र बङ्गाल विधानसभाको उपचुनावका लागि भाजपाले जारी गर्‍यो उम्मेदवारको सूची

BJP-Flag

भाजपाले अरुणाचल प्रदेश र पश्चिम बङ्गाल विधानसभा उपचुनावका लागि उम्मेदवारहरूको सूची जारी गरेको छ। अरुणाचल प्रदेशको लुम्ला विधानसभा सीटबाट भाजपाले छिरिङ ल्हामुलाई उम्मेदवार बनाएको छ। अर्कोतर्फ पश्चिम बङ्गालको सगरदिघी सिटबाट दिलीप साहले उम्मेदवारी दिनेछन्। भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले उम्मेदवारको नाममा मोहर लगाएका छन्।

पश्चिम बङ्गालको सागरदिघी सिटमा २७ फरवरीमा मतदान हुनेछ र परिणाम २ मार्चमा घोषणा हुनेछ। राज्यको सत्ताधारी पार्टी तृणमुल कांग्रेस र भाजपाबीच प्रतिस्पर्धा हुनेछ। देबाशिश ब्यानर्जी तृणमूल कांग्रेसको टिकटमा चुनाव लड्ने छन्। यहाँ उपस्थित विधायकको मृत्युपछि उपचुनाव भएको हो। सन् २०२१ को विधानसभा चुनावमा तृणमूल कांग्रेसका सुब्रत साहाले यो सिट भारी मतले जितेका थिए। साहले भाजपाकी कल्पना घोषलाई ५० हजार २०६ मतको अन्तरले पराजित गरेका थिए। सागरदिघी विधानसभा चुनाव क्षेत्र बङ्गालको मुर्शिदाबाद जिल्लामा छ। यो सिट पहिले अनुसूचित जातिका लागि आरक्षित थियो। सागरदिघी विधानसभा निर्वाचन क्षेत्र जंगीपुर लोकसभा निर्वाचन क्षेत्रको एक हिस्सा हो।

उम्मेदवारी दर्ताको अन्तिम मिति ७ फरवरी रहेको छ। उम्मेदवारीको जाँचको मिति ८ फरवरी तोकिएको छ। १० मार्च उम्मेदवारी फिर्ता लिने अन्तिम मिति रहेको छ।

अरुणाचल प्रदेशको तवाङ जिल्लाको लुम्ला विधानसभा सिटमा चुनाव बजार गर्मिएको छ। मुख्यमन्त्री पेमा खाण्डुका भतिजा, वर्तमान विधायक र भाजपा नेता जाम्बे टाशीको आकस्मिक निधनपछि २ नोभेम्बर २०२१ मा यस सीटमा उपनिर्वाचन आवश्यक भएको थियो। सन् २०१९ विधानसभा चुनावमा भाजपाले ४९ सिट जितेको थियो, जसको संख्या बढेर ४८ पुगेको छ। योसँगै कांग्रेसको ४ सिट, एनपीपीको पनि ४ र निर्दलीयको ३ सिट छ। यहाँ पनि २७ फरवरीमा मतदान हुनेछ भने परिणाम २ मार्चमा घोषणा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement