जाँच पूरा नभएसम्म मुख्य सचिवलाई पदमा निलम्बित गर्नुपर्ने एसएनएसको मांग

IMG_20220606_234331.jpg

गान्तोक। सिक्किमे नागरिक समाज (एसएनएस) ले राज्यका मुख्य सचिव एससी गुप्तामाथि भ्रष्टाचारको आरोप पुन: दोहोराएको छ। एसएनएसले मुख्य सचिव विरूद्ध तत्काल जॉंच शुरू गर्दै जॉंच पूरा नभएसम्म उनलाई पदमा निलम्बित गर्नुपर्ने माग पनि दोहोराएको छ। एसएनएसका महासचिव पासाङ शेर्पाले आज राजधानीमा एक पत्रकार सम्मेलनमा यस्तो माग गरे।

उल्लेखनीय छ, एसएनएसले मुख्य सचिव एससी गुप्तामाथि भ्रष्टाचारको आरोप लगाएपछि मुख्य सचिवले कतिपय सञ्चार माध्यमहरूलाई आफ्नो स्पष्टीकरण दिएका थिए। अर्कोतिर, मुख्य सचिवले दिएका स्पष्टीकरणहरूमाथि नै एसएनएसले प्रश्न तेर्साएको छ। मुख्य सचिवले दिएका स्पष्टीकरणहरूले पनि उनी भ्रष्टाचारमा संलग्न छन् भन्ने कुरा पुष्टि गरिरहेको एसएनएसले दाबी गरेको छ।

महासचिव शेर्पाले मुख्य सचिवमाथि भ्रष्टाचारको आरोप लागेपछि उनले आफुलाई निर्दोष प्रमाणित गर्न हतार-हतार दस्तावेजहरू तयार गरेको आरोप लगाए। तर, यस क्रममा मुख्य सचिवले उनीमाथि लागेको भ्रष्टाचारको आरोपलाई अझ बलियो बनाएको पनि उनले दाबी गरे।

महासचिव शेर्पाले बताए अनुसार, मुख्य सचिवले आफ्नो सम्पत्ति एक करोड़भन्दा धेरै रकममा बिक्री गरेको र सोही रकम आफ्नो ब्याङ्क खातामा जमा गरेको स्पष्टीकरण दिएका छन्। तर, मुख्य सचिवले राजस्थानको सम्पत्ति बिक्री गर्न सिक्किम राज्यको स्ट्याम्प पेपर प्रयोग गरेका छन्। यदि मुख्य सचिवले राजस्थानमा आफ्नो सम्पत्ति बिक्री गरेका हुन् भने त्यहींको स्ट्याम्प पेपर प्रयोग गर्नु पर्ने हो। सिक्किमकै स्ट्याक्प पेपर प्रयोग गर्नु हो भने पनि एक करोड़भन्दा धेरै रकमको सम्पत्ति बिक्री गर्दा दुई हजार रूपियॉंको स्ट्याम्प पेपर प्रयोग गर्नुपर्ने नियम रहेको छ। तर मुख्य सचिवले पचास रूपियॉंको स्ट्याम्प पेपर प्रयोग गरेका छन्। यहॉं पनि उनले १९५० रूपियॉं धॉंधली गरेको शेर्पाले आरोप लगाएका छन्।

उनले आफुलाई निर्दोष प्रमाणित गर्न हतारमा काम गर्ने हुॅंदा यस्ता गल्तीहरू भएको दाबी गरे। मुख्य सचिवले राज्यका मुख्यमन्त्रीलाई पनि दिग्भ्रमित गरिरहेको आरोप लगाउॅंदै उनले मुख्यमन्त्रीलाई पनि ध्यान पुऱ्याएर काम गर्न सुझाउ दिए। अर्कोतिर, मुख्य सचिवले जुन स्पष्टीकरण दिएका छन्, त्यसले जॉंचलाई प्रभावित गर्न सक्ने सम्भावना रहेको बताए। उनले जॉंच निष्पक्ष हुनेछ भन्ने आशा पनि व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement