‘मेरो रुख मेरो सन्तति’ अभियानको सिक्किमका मुख्यमन्त्री तामाङले गरे विधिवत् उद्घाटन

20-00-34-sik2-1024x683.jpg

गान्तोक: आज ‘मेरो रुख मेरो सन्तति’ अभियानको गान्तोक मनन केन्द्रमा आयोजित एउटा कार्यक्रमबीच सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले उद्घाटन गरे। यो अभियान अन्तर्गत अब राज्यमा एक बालक जन्मिएपछि अनिवार्य रुपमा १०० वटा रुख रोप्नु पर्नेछ। १०० वटा वृक्ष रोप्नको निम्ति वन विभागले विरुवाहरू उपलब्ध गराउनेछ।

पर्याप्त जमीन हुनेले आफ्नो जमिनमा अनि जमिन नहुनेहरूको निम्ति वन विभागले नै वृक्ष रोप्नको निम्ति जमिन उपलब्ध गराउने प्रावधान रहेको छ।यसलाई राज्यवासीले अनलाइन मार्फत पनि पञ्जीकरण गर्न सक्नेछन्। कार्यक्रममा आज मुख्यमन्त्री पीएस तामाङले यो अभियानको लोगो अनि जिङ्गलको सार्वजनिक गरे। यसको साथै मुख्यमन्त्री तामाङले विभिन्न नानीका आमाहरूलाई सन्ताति विरुवा पनि प्रदान गरे।कार्यक्रममा सिक्किम कलाकार संघका कलाकारहरूले यो अभियानलाई लिएर एउटा सन्देशमूलक नाटक पनि मञ्चन गरे।

राज्यमा एउटा बालक जन्मिदा १०० वटा रुख रोप्यो भने भविष्यको सिक्किमलाई सुन्दर उपहार दिनु रहेको मुख्यमन्त्री तामाङले बताए। यो अभियानले तत्काल प्रभाव नपारे पनि केही दशकपछि यसले सिक्किमलाई विश्वको नै सबैभन्दा हरियाली राज्यको गरिमा दिलाउने विश्वास व्यक्त गरे। मुख्यमन्त्रीले दुईजना नानी भएपछि नोकरी नगर्नेहरूलाई प्रति महीना ५ हजार अनि तीनजना नानी हुनेलाई प्रति महीना १० हजार सहयोग गर्ने पनि घोषणा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement