बांग्ला साहित्य अकादमीद्वारा सम्मानित सिलगढीका प्रसिद्ध लेखक रतन विश्वास

photocollage_20232220556755.jpg

सिलगढी: बांग्ला साहित्य अकादमीद्वारा सिलगढीका प्रसिद्ध लेखक रतन विश्वासले उत्तर बंगालको विभिन्न समुदायको संस्कृतिमाथि पुस्तक लेखेकोमा सम्मान जनाइयो। सिलगढीको हाकिमपाड़ा निवासी रतन विश्वासलाई पश्चिमबंग सरकारको तथ्य तथा संस्कृति विभागको तर्फबाट २०२२ -२३ को लागि बांग्ला साहित्य अकादमी पुरस्कारले सम्मानित गरियो। गत 14 जनवरीमा कोलकाताको नन्दन मञ्चमा शिक्षा मन्त्री ब्रात्य बसुबाट उक्त सम्मान पाएर साहित्यकार रतन विश्वास निक्कै खुशी छन्। रतन विश्वासले बताए अनुसार कुनै पनि सम्मानले कामको गतिलाई बढावा दिनेछ। तिनले ५० वर्षदेखि पुस्तकहरू लेख्दै आइरहेका छन्। तिनले १९९४ देखि उत्तर बंगालको जनजाति र तिनीहरूको सांस्कृतिक संस्कृतिमा काम गर्न शुरू गरेका हुन्। उत्तर बंगालको जनजातिमाथि पुस्तक लेख्न तिनलाई निक्कै समय लाग्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement