गहनाहरू लुट्ने बाबु-छोरा बिहारबाट पक्राउ, ९० ग्राम सुन उद्धार

20-03-45-Capture.jpg

सिलगढी: सुनका गरगहनाहरू सफाई गरिदिने बहानामा मानिसहरूको सुनका गहनाहरू लुट्ने बिहारका बाबु-छोरा सिलगढी प्रधान नगर अनि सिलगढी थानाको पुलिसले पक्राउ गरेको छ। प्रधान नगर अनि सिलगढी थानाको पुलिसले सादा पोशाकमा दुई भिन्न-भिन्नै अभियोगको आधारमा मामिलाको जाँच गर्दै बिहार भागलपुरको बाबु-छोरालाई पक्राउ गरेको छ।पुलिसले पक्राउ गरेका अभियुक्तहरुमा शम्भु साह अनि तिनका छोरा नाबालक सामेल छन्। जानकारी अनुसार भागलपुरको सो बाबु-छोराले सिलगढी मेट्रोपोलिटनको प्रधान नगर, भक्ति नगर र सिलगढी थाना अन्तर्गत क्षेत्रमा एक महिनामा लगभग ४ जनाको सुनका गहनाहरू गुटमुटाएर चम्पट कसेका थिए। बाबु-छोराले मिलेर सिलगढीमा विशेष गरेर बुजुर्ग व्याक्तिहरूलाई आफ्नो ठगको शिकार बनाउँथे। शम्भु साह अनि तिनका नाबालक छोरा भागलपुरबाट बाइक लिएर सिलगढी आउँथे अनि मानिसहरूको सुनका गरगहनाहरू सफाई गरिदिने वहानामा खुबै चतुऱ्याइँको साथमा ठगेर भाग्थे। तर ती बाबु-छोरालाई प्रधान नगर अनि सिलगढी थानाको पुलिसले सादा पोशाकमा भागलपुरबाट प्रकाउ गरेर सिलगढी ल्याइपुऱ्याएको छ। दुई आरोपीमध्ये छोरा नाबालक भएकोले तिनलाई जुबिनाइल होममा पठाइएको छ भने बाबु शम्भुलाई रिमाण्डमा लिएर पुलिसले मामिलाको जाँच गरिरहेको छ। पुलिसले तिनीहरूबाट मोठ ९० ग्राम सुन उद्धार गरेको छ। आज सिलगढी मेट्रोपलिटनका एडीसीपी शुवेन्द्र कुमारले उक्त घटनाबारे पत्रकारहरूलाई विस्तृत जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement