दार्जिलिङ: आज नगरपालिकाका अध्यक्ष दिपेन ठकुरी र दार्जिलिङ नगरपालिकाका उपाध्यक्ष प्रतिभा राईको उपस्थितिमा जीटीए कोषमार्फत दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर २३ को क्षेत्रहरूमा २७ लाख रूपियाँको लागतमा निर्माण गरिएको पाँच वटा सुरक्षा देवलको उद्घाटन गरियो। यस विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सदर २ संयोजक तिलक देवान, दार्जिलिङ नगरपालिका उपाध्यक्ष प्रतिभा राई साथै वार्ड नम्बर २३ गौसल्ला समाजका महासचिव जीवन तामाङले एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।