गुवाहाटी: जी-20 सतत वित्त कार्यकारी समितिको पहिलो दिनको बैठक सफलतापूर्वक सम्पन्न भयो। बैठकको उद्घाटन गर्दै केन्द्रीय आयुष एवं पोत, जहाजरानी तथा जलमार्ग मन्त्री सर्वनन्द सोनवालले प्रतिनिधिहरूलाई स्वागत जनाउनका अतिरिक्त गुवाहाटीको विविधतापूर्ण संस्कृतिबारे प्रकाश पारे। संस्कृति अनि धरोहरका साथै प्रकृतिको संरक्षणको भावनाले भारतको धरतीमुखी साथै जनमुखी पहल दर्शाउने उनले बताए।
सतत भविष्यका लागि पारम्परिक औषधि प्रणालीको भूमिकाबारे विस्तार गर्दै मन्त्री सोनवालले यसको लक्ष्य भारतको प्राचीन विद्वता अनि पारम्परिक ज्ञानलाई प्रवाहित गर्नका साथै सतत भविष्यका लागि त्यसको लाभ उठाउनु रहेको बताए। सतत वित्त कार्यकारी समूहका सहअध्यक्ष ल्यारी म्याकडोनाल्डले समूहको पक्षमा मन्त्रीप्रति आभार अनि सराहना व्यक्त गर्दै हरित अनि वहनीय जहाजरानी प्रणालीका साथै स्वास्थ्य अनि आरोग्यतालाई प्रोत्साहन गर्ने उनको जिम्मेवारी जस्तै एसएफडब्लुजीको काम अनि लक्ष्य सान्दर्भिक रहेको बताए।
“भोकल फर लोकल” जस्ता अवधारणालाई प्रोत्साहित गर्ने क्रममा प्रतिनिधि टोलीका साथमा मन्त्रीले आसमको चियाको स्वाद लिनका साथै बाँस अनि रेशमले बनाइएका स्थानीय उत्पादहरूको प्रदर्शनी पनि अवलोकन गरे। एसएफडब्लुजीको पहिलो बैठकमा जी-२० सदस्य मुलुकका ९५ प्रतिनिधिका साथै १० अतिथि देशका प्रतिनिधि अनि १४ वटा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरूले भाग लिए। जी-२० को एसएफडब्लुजीले वैश्विक विकास अनि स्थिरता सुनिश्चित गर्नका साथै अरू बढी हरित, लचिलो अनि समावेशी समाज अनि अर्थनीतिका लागि वहनीय वित्तपोषण गर्ने लक्ष्य राक्दछ।
जी-२० को सतत वित्त कार्यकारी समूहले गुवाहाटीमा आयोजित सम्मेलनमा जलवायु परिवर्तनलाई सम्बोधित गर्ने दिशामा वित्तको परिचालनका साथमा हालै विकसित कम कार्बन प्रविधिको वित्तपोषण, प्रकृति अनि जैवविविधतासहित सतत विकास लक्ष्यलाई वित्तपोषण गर्ने औजारहरूको पहिचानका अतिरिक्त वहनीय वित्त बुझ्न र परिचालन गर्न देशहरूको क्षमता बढाउने दिशामा चर्चा गर्नेछ। आजको बैठकको समापन प्रतिनिधिहरूद्वारा ब्रह्मपुत्र नदीमा अवस्थित द्वीपको भ्रमणसँगै भयो। यस अवसरमा आसमको समृद्ध संस्कृति अनि धरोहर पनि उनीहरूसमक्ष प्रस्तुत गरियो। -पीआईबी