गान्तोक डीएसीमा हेल्प डेस्क स्थापित

Sikkim_CM_Prem_Singh_Tamang_1200x768.jpeg

गान्तोक। सरकारी सेवालाई पहुँचयोग्य, समावेशी र सरल बनाउने मुख्यमन्त्री प्रेमसिंह तामाङको दिशानिर्देशलाई अनुपालन गर्दै आज गान्तोक जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा हेल्प डेस्क स्थापित गरिएको छ। गान्तोक जिल्लाका जिल्लापाल रघुल के-ले गरे भने यस अवधि अतिरिक्त जिल्लापाल हेमन्त राई, पुलिस अधीक्षक तेञ्जिङ लोडेन लेप्चा लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको शुरुमा, मानिसहरूलाई निःशुल्क कानुनी सहायता/जिज्ञासाहरू प्राप्त गर्नका लागि सूचित गरियो। सबैलाई टोल-फ्री हेल्पलाइन नम्बर ०३५९२-२८४२२२ को बारेमा पनि जानकारी गराइयो। यो नम्बर सूचना एवं सेवाको निम्ति सहयोगहेतू प्रयोग गरिनेछ। हेल्प डेस्क बिहान अनि अपराह्न गरेर दुई सिफ्टमा निरन्तर सञ्चालनमा रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement