विभिन्न स्थानमा विरूवा रोपन साथै सर सफाई आयोजित

IMG-20220606-WA0151.jpg

गान्तोक। विश्व पर्यावरण दिवसको अवसरमा हिजो वन विभाग र मंगन जिल्ला प्रशासनको संयुक्त पहलमा गुरूदोङमार झीलको व्यापकरूपमा सर सफाई गरियो। यसरी नै उत्तर जिल्लाको छो- ल्हमु झीको पनि सरसफाई गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। उत्तर जिल्लाका जिल्लापाल डा. एबी कार्कीको नेतृत्वमा भारतीय सेना,आइटीबीपी, नर्थन राइडर्स मोटर साइकल क्लब लगायत अन्य गैरसराकरी संस्थाका सदस्यहरूले पनि सर सफाई अभियानमा सहभागिता जनाएका थिए। यसै क्रममा इभनजेलिकल प्रेसबिटेरियन चर्च अफ् सिक्किमको सामाजिक सेला समिति परिषदले राजधानीस्थित पाल्जर नामग्याल कन्या विद्यालयमा विश्व पर्यावरण दिवस पालन गऱ्यो। यस अवसरमा संस्थाका महासचिव पेम्बा लेप्चाको पहलमा 2 सय भन्दा अधिक रानीचाँपका विरूवाहरू विद्यालय परिसरमा रोपियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement