कोलकाता: २०२१ को विधानसभा चुनावमा गतिलो पराजयपछि पहिलोपल्ट भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा दुई दिवसीय बङ्गाल यात्रामा आइऱहेछन्। उनले ७ र ८ जूनमा बङ्गाल यात्रामा कोलकातामा एक बैठक पनि गर्नेछन्। नड्डाको यस यात्रामा तृणमूल कांग्रेसले प्रतिक्रिया दिएको छ। पार्टी प्रवक्ता कुणाल घोषले भने, ‘उनले जससित भेट गर्नेछन्, उनीहरू कति दिन भाजपामा रहनेछन्, यो हेर्ने लायक कुरा हो। कोही पनि भाजपामा रहन चाँहदैनन्।’
प्रदेश भाजपा स्रोतहरू अनुसार उनी पञ्चायत चुनाव र २०२४ लोकसभाको संगठनात्मक पहलूलाई जाँच्न बङ्गाल आइरहेका छन्। जानकारहरू अनुसार लोकसभा चुनावमा भाजपाको प्रदर्शन राम्रो रहने छैन। यस बाहेक प्रदेश भाजपामा व्यापक स्तरमा गुटबाजी चलिरहेछ यदि यो जारी रहे लोकसभामा पार्टीलाई ठूलो नोक्सान उठाउन पर्नसक्छ। यसैले जेपी नड्डाको यात्रा नेताहरूमा राम्रो तालमेल र कार्यकर्ताहरूको मनोबललाई बढ़ाउनका लागि धेरै खास मानिँदैछ। निश्चित रूपमा उनको मुख्यमन्त्री ममता ब्यानर्जी उनको निशाना रहनेछिन्।










