डम्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

CollageMaker_20232218246979.jpg

कुचबिहार: सडक किनारमा रहेको डम्परले ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुइजना गम्भीर घाइते भएका छन्। घटना माथाभाङ्गाको मदरसा चौपाथी क्षेत्रमा भएको हो। घटनाले सो क्षेत्रमा शोकको वातावरण छ। माथाभाङ्गा-सिलगढी राज्य मार्ग १६ मा पार्किङ गरेको डम्परको पछाडिबाट मोटरसाइकलमा सवार तीनजनाको मोटरसाइकल ठोक्किएको जानकारी प्राप्त भएको छ। मोटरसाइकल चालकसहित दुईजना घटनास्थलमै खसेर एकजनाको घटनास्थलमै मृत्यु भएको हो। सबै माथाभाङ्गाको वडा नम्बर ९ का बासिन्दा हुन्। दुर्घटना लगत्तै स्थानीयवासीले घटनास्थलमा पुगेर घाइतेहरूलाई बाहिर निकालेर माथाभाङ्गा डिभिजन अस्पताल पुऱ्याएका थिए। गम्भीर घाइते दुइजनालाई प्राथमिक उपचारपछि कुचबिहार मेडिकल कलेज र अस्पतालमा रिफर गरिएको छ। घटनाबारे माथाभाङ्गा प्रहरी चौकीले अनुसन्धान थालेको छ। प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा रामकृष्ण बर्मन र घाइते हुनेमा स्वपन पटनायक र सुशान्त बर्मन रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement