सिलगढी: एकजना वृद्धलाई एनजेपी थाना पुलिसले ब्राउन सुगर सहित पक्राउ गरेको छ।आज सो आरोपीलाई जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका वृद्ध मनिरूल इस्लामको रूपमा चिन्हित गरिएको छ। जानकारी अनुसार गत राति न्यु जलपाईगढी थाना पुलिसले फुलबारी नतुन बजार इलाकामा एकजना ७० वर्ष पारे गरेको वृद्धबाट २५० ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। गोप्य सूचनाको आधारमा गत रात १० बजी फुलबारी २ नम्बर ग्राम पञ्चायतको नतुन बजार इलाकामा अभियान चलाएर पुलिसले २५० ग्राम ब्राउन सुगर सहित एकजना वृद्धलाई पक्राउ गरेको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य १० लाख रुपियाँ रहेको छ।










