ब्राउन सुगर सहित तीन पक्राउ

IMG_20230202_175651.jpg

सिलगढी: ३०० ग्राम ब्राउन सुगर सहित ३ जना तस्करलाई स्पेशल अपरेशन ग्रुप (एसओजी) र भक्ति नगर थाना पुलिसले संयुक्त अभियान चलाएर पक्राउ गरेको छ। आज जलपाईगढी अदालतमा ति आरोपीहरुलाई पेश गरियो।पुलिसले पक्राउ गरेकाहरूमा विजय साहनी, मंगलू शेखर अभिषेक मल्लिक सामेल छन्। जानकारी अनुसार मंगलू शेख ब्राउन सुगर लिएर मालदा कालियाचकबाट ट्रेनमा सवार भएर एनजेपी रेलवे स्टेशनमा आइपुगे। यसपछि भक्तिनगर थाना अन्तर्गत इलाका निवासी विजय साहनी र अभिषेक मल्लिक ब्राउन सुगर लिन पीसी मित्तल बस स्ट्यान्ड पुगेका थिए। गोप्य सूचनाको आधारमा एसओजी र भक्ति नगर थाना पुलिसले संयुक्त रूपमा अभियान चलाएर तिनीहरूलाई पक्रेर छानबीन गर्दा मंगलू शेखबाट ३०० ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement