तीनजना वाहन चोरी समूहका सदस्य पक्राउ

photocollage_202322175215775.jpg

सिलगढी: वाहन चोरी गर्ने गुटका तीनजना सदस्यलाई प्रधान नगर थाना पुलिसले पक्राउ गरेको छ। यस घटनामा पक्रा परेकाहरूमा अनुप राय, भोलानाथ राय र चञ्चल माझी सामेल छन्। प्रधान नगर थानाले बाइक चोरी भएको मामिलाको जाँच अवधि सिलगढीबाट वाहनहरू चोरी गर्ने ३ जनालाई पक्राउ गरेको छ। एडीसीपी शुभेन्द्र कुमारले आज प्रधान नगर थानामा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। वाहन चोरी गर्ने गुटका ३ जना सदस्यलाई अदालतमा पेश गरेपछि ३ दिनको पुलिस हिरासतमा लिएर सोधखोज गर्दा चोरी गरेको एउटा टाटा सुमो सहित वाहनहरूको सामग्रीहरू पनि उद्धार गरेको छ। प्रधान नगर थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement