गान्तोक। २०१९-मा परिवर्तनको नारासँगै राज्यको सत्तामा आसिन हुन सफल एसकेएम नेता एवं राज्यका वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङले हाल परिवर्तनको दसी छाड़दै उल्लेख्य कार्यहरू गरिरहेका छन्। आज राज्यका पूर्व विधायक तासा तेङ्गे लेप्चाको अन्त्येष्टिमा सहभागी बन्न चुङथाङ जाने क्रममा उनले राङगाङमा क्षेत्रका मानिसहरूसँग भेट गरेर उनीहरूको गुनासोहरू सुन्ने कार्य गरे।

यस अवधि न्यूरोका विरामी जलशाह सुब्बालाई उच्च उपचारको निम्ति बाहिर लैजाने परिवारले तयारी गरिरहेको थाहा पाएपछि तत्कालै मुख्यमन्त्री तामाङले दिल्लीको बीएल कपूल अस्पतालका डाक्टरसँग सोझै सम्पर्क गरेर नानीको उचित उपचार गरिदिन अनुरोध गरे। योसँगै केही आर्थिक सहयोग पनि प्रदान गर्दै तत्कालै नानीलाई उपचारको निम्ति दिल्ली लैजान पहल गरिदिएर उदारहणीय कार्य गरेका छन्।