सिलगढी: पश्चिम बंगालका राज्यपाल सीवी आनन्द बोसले सिलगढीको फुलबारीमा भारत-बंगलादेश सीमाको भ्रमण गरे। बिहीबार बिहान १० बजे उनी त्यहाँ गएका थिए। उनलाई बीएसएफका जवानहरूले ‘गार्ड अफ अनर’ दिएर स्वागत गरे। त्यसपछि बीएसएफ कार्यालय पुगी उनले बीएसएफ अधिकारीहरूसँग छलफल गरे। उनले सीमा क्षेत्रको पनि भ्रमण गरे। आज पत्रकारसँग कुरा गर्दै उनले सीमा क्षेत्रमा बीएसएफ जवानले कसरी काम गरिरहेका छन्, उनीहरूलाई कुनै समस्या छ वा छैन भनी हेर्न यो भ्रमण भएको बताए।