हेमन्त राईले आफ्नो नांमाकन पत्र फिर्ता

photocollage_20226621586718.jpg

दार्जीलिङ। गोरामुमो आर्य ब्लुमफिल्ड रक ऋषिहाट समष्टि अन्तर्गत बरबोटे शाखा गोरायुमो अध्यक्ष हेमन्त राईले आज आफ्नो नांमाकन पत्र फिर्ता गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। दार्जीलिङ जिल्ला कार्यपाल कार्यलयमा आफ्नो नांमाकन पत्र फिर्ता गरेपछि गोरामुमो केन्द्रीय कार्यालय दार्जीलिङमा पत्रकारहरूलाई सम्बोधन गर्दै भने, मैले आफ्नो नांमाकन पत्र फिर्ता गर्नुको उद्देश्य बिगतका दिनमा पुर्व सभासदहरूले गरेको तानाशाह नीतिले गर्दा आवेशमा आएर मैले नांमाकन पत्र भरेका थिए। तर पछि मैले यो आभास गरे, मैले पार्टीको सिद्धान्त बिपरित कार्य गरेको अनुभव गरे। जीटीए एउटा असवैधानिक ब्यवस्था हो र यसले गोर्खाहरूको इच्छा आंकाक्षा पूरा गर्दैन यसैकारण अब जनताले जीटीए चुनाव बहिष्कार गर्न पर्छ। म गोरामुमो अध्यक्ष मन घिसिङ लगायत पार्टीका सम्पुर्ण शिर्ष नेतृत्वबर्ग साथै समष्टिका सम्पुर्ण नेतृत्वबर्ग प्रति क्षमा चहान्छु भनी हेमन्त राईले आफ्नो सम्बोधनको क्रममा भने ।यसैक्रममा समष्टि अध्यक्ष किशोर राईले थप जानकारी दिँदै भने, हेमन्त राईले आफ्नो भुल बुझाबुझमा गरेको गल्तीलाई हामीले माफ दिएका छौँ हाम्रो टेक भनेको जीटीए ब्यवस्था विरुद्ध हो हामी चुनावको पनि घोर बिरोध गर्दै जनताले आफ्नो मतदान नगरिदिन अपिल गर्दछौं। हेमन्त राईले लिएको निर्णयलाई सम्मानका साथ स्वागत जनाउदै तिनले यो प्रमाण गरेका छन् तिनी जाति र माटोप्रति इमानदार साथै गोरामुमो पार्टीको सिद्धान्तलाई शिरोपर गरेर अगि बढ्ने कर्मठ सदस्य हुन् भनी प्रमाण गरेका छन् भनी किशोर राईले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement